Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फरार रहेका राजपा सांसद रेशम चौधरीद्वारा अदालतमा आत्मसमर्पण

धनगढी : फरार भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रेशम चौधरीले कैलाली जिल्ला अदालत, धनगढीमा अात्मसमर्पण गरेका छन् । कैलाली १ बाट अत्याधिक मत ल्याएर प्रतिनिधिसभा सदस्य चयन भए पनि उनलाई निर्वाचन आयोगले विजय भएको प्रमाणपत्र दिएको थिएन । उनले प्रमाणपत्र पाउन सर्वोच्च अदालतमा रिट दायरको प्रयास समेत गरेका थिए ।  हाल अदालतमा उनको बयान भइरहेकाे बताइएकाे छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदीले ‘वारेन्ट नोटिस’ जारी भएको व्यक्तिले वारेसबाट प्रमाणपत्र लिन पाउनुपर्ने भन्दै दर्ता हुन आएको मुद्दा सुनुवाइ गर्न नसकिने उल्लेख गर्दै दरपीठ गरेको आदेश दिएका थिए । चौधरीले फरार अवस्थामा वारेसनामार्फत उम्मेदवारी दिएर निर्वाचन जितेपछि रञ्जिता चौधरीलाई वारेस दिँदै प्रमाणपत्र लिन पठाएको र जिल्ला निर्वाचन कार्यालयले आफैँ उपस्थित हुनुपर्ने भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेको थियो ।

टीकापुरमा २०७२ भदौ २७ मा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो ।  सो घटनामा अभियो चौधरीमाथी समेत छ । त्यस घटना यता उनी फरार अवस्थामा थिए ।

 

 

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्