Logo
४ आश्विन २०८१, शुक्रबार
(February 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम-राजपालाई तत्काल राज्यमन्त्री सहित १/१ मन्त्री लिन सरकारको आग्रह

काठमाडौं : सरकारको नेतृत्व गरिरहेका एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमलाई तत्काल राज्यमन्त्री सहित १/१ मन्त्री लिन प्रस्ताव गरेको छ । सोमबार विहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसबारे छलफल भएको बताइएको छ ।

सोही छलफलका क्रममा प्रचण्डले फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष महन्थ ठाकुरसँग टेलिफोनमा सम्वाद समेत गरेका गरेका थिए । प्रतिनिधि सभामा राजपाको १७ र फोरमको १६ सिट रहेको छ भने राष्ट्रिय सभामा २२ सिट रहेको छ ।

‘अन्य विषयमा पछि छलफल गर्ने भन्दै तत्काल राज्य मन्त्री सहित १/१ ओटा मन्त्रालय लिएर सरकारमा आउनु परो’ भन्दै प्रचण्डले प्रस्ताव गरेको बुझिएको छ । तर राजपा फोरमले राज्यमन्त्री सहित २/२ ओटा मन्त्रालय दिनु पर्ने तर त्यसअघि नै संशोधनबारे सरकारले आफनो धारणा सार्वजनिक गर्नुपर्ने शर्त राखिएको बुझिएको छ ।

स्रोतका अनुसार ओली नेतत्वको सरकारमा सहभागी हुन राजपा-फोरम पनि सकारात्मक छ । तर, राजपा-फोरमले संविधान संशोधनको मुद्दालाई कुनै न कुनै रुपमा सम्बोधन होस् भन्ने चाहेको छ । यसअघि भएको वार्तामा फोरमले संविधान संंशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने प्रस्ताव राखेको थियो ।

प्रकाशित मिति: Feb 26, 2018

प्रतिक्रिया दिनुहोस्