Logo
३१ भाद्र २०८१, सोमबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधुवन नगरपालिका कार्यालयको परिसरमा बम विष्फोट

बर्दिया : मधुवन नगरपालिकाको कार्यालय सानोश्रीमा आज साँझ अपरिचित व्यक्तिले बम विष्फोट गराएका छन् ।मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले नगरपालिका कार्यालय परिसरमा बमसहितको झोला फ्याँकेको केहीबेरमा विस्फोट भएको स्थानीयबासी विकास केसीले जानकारी दिनुभयो ।

कार्यालय परिसरमा बम फ्याँकिएको केही मिनेटभित्रै विष्फोट भएको थियो । नगरपालिकाका उपप्रमुखको कार्यकक्षको झ्याल र भित्तामा क्षति पुगेको उहाँले बताउनुभयो । बम विष्फोटबाट नगरपालिका कार्यालयको झ्याल र भित्तामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी छ । प्रहरीले घटनास्थलको अनुसन्धान गरिरहेको जनाइएको छ । (रासस)

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्