Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फागुन २१ गते कांग्रेस संसदीय दलको चुनाव, देउवा र सिंह प्रतिस्पर्धामा

काठमाडौं : फागुन २१ गते कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहको प्रतिस्पर्धा हुने भएको हो । चुनावका लागि चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ ।

समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चयनका लागि निर्वाचनको मिति घोषणा गरेको बताए ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्