Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जथाभावी लोला हान्नेलाई मुद्दा चलाइने, अब दिउसो पनि मापसे चेकिङ

काठमाडौं : होलीमा जभाभावी लोला हान्ने तथा रंग लगाउनेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाउने भएको छ । होलीलाई मर्यादित बनाउन उपत्यका प्रहरीले बिशेष सुरक्षा योजना बनाएको छ । जर्बजस्ती रंग लगाउने, पानी र लोलाले हान्ने जस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी हिरासतमा राखेर मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

त्यस्तै अनुहार नै नचिनिने गरी रंग लगाउने तथा होहल्ला गर्नेहरुलाई पनि पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए। होलीको नाममा अभद्र गतिविधि गर्नेलाई पक्राउ गर्न उपत्यकामा सादा पोशाकमा समेत प्रहरी खटाइने जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीको दिन दिउसो पनि मापसे चेकिङ गर्ने भएको छ । मदिरा सेवन गरी सवारी चलाउने, एउटा मोटरसाइकलमा धेरै जना बस्ने तथा हेल्मेट नलगाई मोटरसाइकल चलाउनेविरुद्ध प्रहरीले आक्रामक कारबाही गर्ने जनाएको छ । आगामी बिहिबार उपत्यकामा होली मनाइदैछ ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्