Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना क्षेत्रका जनतासँग प्रत्यक्ष जोडिन प्रचण्डले खोले सम्पर्क कार्यालय

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुखसुखमा जनतासँग प्रत्यक्ष जोडिन भन्दै भरतपुरमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले भने, ‘कहिले दुखमा कहिले सुखमा जनतासँग प्रत्यक्ष जोडिन कार्यालय खोलिएको हो, यसले मलाई जोड्ने पुलको भूमिका खेल्छ भन्ने लाग्छ ।’

देश र विश्वले नै आफ्ना गतिविधि नियालिरहेको भन्दै उनले जनताका काम र विकास निर्माणमा सहज होस् भनेर कर्यालय स्थापना गरिएको बताए । प्रचण्डले जितेको क्षेत्रमा कसरी काम हुन्छ भनेर सिंगो राष्ट्र र विश्वले नै हेरिरहेको समेत दाहालले बताए ।

शनिबारदेखि चितवनमा रहेका प्रचण्डले कार्यालउ उद्घाटनपछि संक्षिप्त मन्तव्य राख्दै भने, ‘यो सामान्य निर्वाचन क्षेत्र मात्रै होईन, एउटा सांसदलाई हेरेको मात्रै होइन,संघिय गणतान्त्रिक नेतृत्वले पहिलो चोटी चुनाव लडेर विकास निर्माणमा कस्तो विधि अपनाउँछ भनेर सबैले हेरेका हुन्छन्,।’ पार्टीलाई र मलाई जनतासँग जोड्न कार्यालय खुलाईएको भन्दै दाहालले जनताको गुनासो नआओस् भन्ने चाहनाले कार्यालय खोलेको बताए। यो कार्यालय एकीकृत हुन लागेको दुवै पार्टीको पनि जिम्मेवारी भएको दाहालले बताए ।

जनताको दैनिक जिवनसँग जिवन्त रुपले जोडिन यो कार्यालय खोलीएको उनले उल्लेख गरे । यहीबाट हुने काम यहीबाट होस् भन्ने चाहना रहेको समेत दाहालले बताए । प्रचण्ड हामीसँग दैनिक रुपमा छ भन्ने अनूभुति दिलाउन कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने भन्दै कामको शुरुआत ठिक ढंगले हुन्छ भन्ने विश्वास लागेको बताए ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्