Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री पण्डितले सुरू गरे कानुनको परिधिमा ल्याउने सांकेतिक कारबाही

काठमाडौं : जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले वातावरणीय प्रभाव मूल्यांकन नगरी संरचना निर्माण गरेका विभिन्न होटल तथा अस्पताललाई कानुनको परिधिमा ल्याउने जरिवाना र कारबाही गर्ने निर्णय गरेका छन् ।

आइतबार मन्त्रालयमा बसेको बैठकले सोल्टी सिटी अपार्टमेन्ट, द्वरिका होटल, सिद्धि होटल र काठमाडौं गेष्ट हाउसलाई इआइए नगरी सेवा विस्तार गरेकोमा १ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको र कानुनका आवश्यक मापदण्ड पूरा नगरी उनीहरुले संरचना बनाएका रहेछन्, यस्तो अरुले पनि गरेका छन्, तिनलाई कानुनको परिधिमा ल्याउने संकेतस्वरूप यो कारबाही गरिएको हो ।

आजको बैठकले काठमाडौं मोडल अस्पताल, काठमाडौं अस्पताल त्रिपुरेश्वर, नेशनल हस्पिटल र अन्तर्राष्ट्रिय बालअस्पताललाई पनि कारबाही गर्ने निर्णय गरेको र अरनिको सिमेन्ट उद्योग, काठमाडौं दुग्ध विकास आयोजनालाई पनि इआइए नगरेकोमा ५० हजार जरिवाना तिराउने निर्णय भएको मन्त्री पण्डितले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्