Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसको महाधिवेशन अविलम्ब बोलाउन केन्द्रीय समिति बैठकमा माग

काठमाडौं : नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अविलम्ब महाधिवेशन बोलाउन माग गरेका छन् । बैठकमा संसदीय दलको नेता चयन,राष्ट्रपति निर्वाचन र छायाँ सरकारका विषयमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । जारी बैठकमा हालसम्म एक दर्जन केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको शर्माले बताए ।

संसदीय दलको नेता र राष्ट्रपति निर्वाचनमा केन्द्रीत केन्द्रीय समिति बैठकमा पौडेलले अविलम्ब महाधिवेशनमा जानुपर्ने विषय उठाएको युवा नेता गगन थापाले बताए । निर्वाचन समिक्षा र नेतृत्वका बारेमा बैठकमा छलफल गर्ने एजेण्डा नभएपनि बरिष्ठ नेता पौडेलले निर्वाचनमा भएको काँग्रेसको हारबारे समिक्षा गर्न महाधिबेसनको माग गरेका हुन् ।

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्