आतंक फेलाउँदै आएका गुन्डा नाइके गुरूङको पक्राउ
विराटनगर : पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका ‘गुन्डा नाइके एलिस गुरूङ पक्राउ परेका छन्। विराटनगरको महेन्द्र चोकको एक होटेलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसिले जानकारी दिए ।
उनले भने, ‘भाग्न खोज्दै गर्दा नियन्त्रणमा लिन चारैतिरबाट घेरा हालेपछि प्रहरीमाथि पनि आक्रमणको प्रयास भयो,’ उनले भने। विराटनगरका पेट्रोलियम एवम् तरकारी व्यवसायी ४९ वर्षीय पशुपति भगतमाथि गत माघ ५ गते राति भएको आक्रमणको मुख्य योजनाकारका रुपमा प्रहरीले विशेष गरेर उनको खोजी गरिरहेको थियो। घटनाको योजना बनाएर उनी फरार भएका कारण तत्काल पक्राउ गर्न नसकिएको प्रहरीले बताउँदै आएको थियो ।
लामो समयदेखि राजनीतिक छत्रछाँयामा असूली, ठेक्कापट्टा र गुण्डागर्दी गर्दै आएका गुरूङको योजनामा विराटनगरमा यस अघि पनि व्यावसायी, राजनीतिकर्मी र सर्वसाधारणमाथि काटमारका आधा दर्जन बढी घटना भइसकेको प्रहरीको भनाइ छ। तर उनले राजनीतिक दबाबका भरमा उन्मुक्ती पाउँदै आइरहेकाले गुरूङलाई ज्यान मार्ने उद्योगको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।