Logo
४ आश्विन २०८१, शुक्रबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुटबन्दी अन्त्यको माग गर्दै कांग्रेस कार्यालयमा धर्ना र नाराबाजी

काठमाडौँ : सबैभन्दा पुरोनो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् । झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

‘गुटरहित’ लेखिएको चस्मा नेवि संघले दिए पनि सभापति देउवाले लिन अस्वीकार गरेका थिए । कांग्रेसभित्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्ष दुई खेमा विभाजित छन् भने अन्य थुप्रै गुट-उपगुट सक्रिय छन् । त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए ।

 

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्