Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको काख उर्फ आमादब्लममा बास बासेको स्वर्ग !

आमादब्लम उर्फ आमाको काख । जसको सामिप्य पहिलोपटक सर एडमण्ड हिलारी र अन्य चारजनाले महसुस गरे । यसपछि यहाँ अनेक सन्तानहरू पुगे जो जिन्दगीलाई उचाइमा पुगेर सम्बोधन गर्न चाहन्थे । कोही आमादब्लमको औँला समातेर चढे, कोही आमादब्लमको गुन्यूको फेर समातेर चढे र आमाको शिरमा झण्डा गाढेर आए । र यसपछि लाग्छ, आमालाई जित्नु भनेको शक्तिशाली सम्राटले युद्ध जित्नुभन्दा ठूलो कुरा हो । जहाँ जित्नेभन्दा हार्ने बढी खुसी हुनेगर्छ÷हार्नेहरूले हारेको महसुस गर्देनन् । एकैछिन सम्झौँ त ! हाम्रो जितको कारण आमाको ओठमा खसेको मुस्कानको वर्षातहरू कति निश्चल हुने गर्छन् । आमाको आँखामा छचल्किएका आँसुहरू कति पवित्र हुने गर्छन् ।

आमाको बारेमा बोलेर कहाँ न्याय गर्न सकिन्छ र ! जब कि यो दुनियाँको सारा शब्दकोशमा अटाएका अक्षर जम्मा पार्दामा पनि कम हुनेगर्छ । यहीकारण आमाको केशका पायाहरूमा अल्झिएका बतासका लय, आमाको छातीमा ढड्किने स्पन्दनका धून, आमाको गुन्यूसँगै सोहोरिएर आउने जंगली फूलका सुवास, आमाको आँखामा बसिरहने सपनाका बसन्त ऋतु, आमाको ओठमा बल्झिरहने र मृत्युले कुलेलाम ठोक्ने अपराजित मुस्कानबारे म बेल्ने दुस्साहस गर्दैछु । यतिबेला नै अचानक केही तस्वीर प्रिय फोटोग्राफर दाइ सरोज बस्नेतबाट उपहारमा आएका छन् । उनको क्यामेरामा कैद भएका तस्वीर कैदीजस्ता लाग्दैनन् । प्रेमी/प्रेमिकाको निरंकुशता एक–अर्कालाई उपहारजस्ता लाग्छन् । म तिनीहरूबारे केही नबोली बस्न सकिनँ । मनमा अनेक किसिमको उत्तेजना आएर दिमागभरि फुल पारेर गए । ती फुलहरूलाई मैले अक्षरहरूको गुँडमा कोरल्ने कोसिस गरेको छु ।

प्रसंग एक
यो तस्वीर हेर्नोस् न ! जहाँ भर्खर जन्मिएको घाम बादलको ढाडमा तातेताते गर्दे हिँड्न सिकिरहेको जस्तो देखिन्छ । यो बादल कुनै गरिब किसानको घरको आँगनजस्तो पनि छ, जहाँ उसको छोराले मान्छे हुन सिकिरहेछ । अन्धी आमालाई छोरीले डो¥याउने गोरेटोजस्तो नि छ, जुन बाटो भएर उनीहरू जीवनको आरोह/अवरोह स्वीकार्छन् । फेरि भरियाको ढाडजस्तो पनि देखिन्छ । जहाँ कति लाउरेको कोसेली बोकिए होलान् । जहाँ बाका लागि जुत्ता या आमाका लागि चोलो थियो होला । सोल्टिनीको लागि शिरफूल थियो होला । लाउरेका पुराना कोचमोच परेका कपडाहरू थिए होलान् । लाउरेले आफन्तलाई लगिदिएको अनेक उपहारहरू थिए होलान् । त्यत्रा कुराहरू बोकेर पनि वर्षौं उही प्वालैप्वाल परेको पुरानो स्टकोटबाट निस्किएका छालाका पाप्राजस्ता देखिन्छन् यी बादलका तह–तह उठेका लाइनहरू । जहाँ भरियाको स्वास्नी र बालबच्चाको हरेक दिनको गाँस उभिएको छ । हरेक दिनको मुस्कान बाँचेको छ । यो तस्वीर हेरेपछि लाग्छ, खुसीको लागि विलासी कुराभन्दा पनि पवित्रता चाहिँदो रहेछ । निष्कपटता चाहिँदो रहेछ ।

फेरि यसो नियालेर हेर्छु, कुनै पुरानो सम्राटले रथ गुडाउने बाटोजस्ता पनि छन् बादलका यी तहहरू । जुन बाटोबाट ऊ जीवनकै सबैभन्दा ठूलो लडाइँ जितेर फर्केको थियो । या कुनै अनाम पेन्टरको महान पेन्टिङजस्तो पनि छ । जसलाई समयमै मान्छेले चिन्न सकेनन् । जो अहिलेको सबैभन्दा महंगो पेन्टिङ हो । यो पनि भन्न सकिन्छ कि, पाब्लो पिकासोले कोर्न नसकेको पेन्टिङजस्तो नि छ । सायद, ऊ नेपालमा जन्मिएको थियो भने कोर्न सक्थ्यो होला । आमाको केशका पायाहरूमा अल्झिएका बतासका लय, आमाको छातीमा ढड्किने स्पन्दनका धून, आमाको गुन्यूसँगै सोहोरिएर आउने जंगली फूलका सुवास, आमाको आँखामा बसिरहने सपनाका बसन्त ऋतु, आमाको ओठमा बल्झिरहने र मृत्युले कुलेलाम ठोक्ने अपराजित मुस्कानबारे म बेल्ने दुस्साहस गर्दैछु ।

लोककथामा भनिएजस्तो मालतीलाई सपनामा मधुकरले वायुपंखी घोडामा भगाएको बाटोजस्तो पनि छ । जुन बाटोबाट उनलाई राजकुमार मधुकरले विपनामै भगाएर लगेका थिए । र जहाँबाट उनको जीवनको नयाँ यात्रा सुरु भएको थियो । यसो नियालेर हेर्दामा यो पनि देखिन्छ कि यही बादलको बिछ्यौनामा उनीहरूले सुहागरात मनाएका थिए । र त्यही दिनबाट मान्छेको उत्पति भएको थियो । कुनै सभ्यता नै तहसनहस बनाएर उर्लिरहेको हिमनदीजस्तो पनि छ । जहाँ आफ्ना सम्पूर्ण आवेग बटुलेर ऊ हतारहतार समुद्र हुइँकिरहेछ । स–साना पहाडहरू छन् । जे डुब्नै लागेका छन् । र उनीहरू जीवनको याचना गरिरहेजस्ता पनि देखिन्छन् । ईश्वरलाई पुकारिरहेका जस्ता पनि देखिन्छन् । हेर्दे जाँदा अनेक देखिन्छ, जीवनसँग हारेको युवतीले भर्खर आत्महत्या गरेको ठाउँजस्तो पनि देखिन्छ । देख्ने नै हो भने त वर्षौंपछि घर फर्किरहेको प्रेमीलाई प्रेमिकाले स्वागत गर्न बाटोभरि बिच्छयाएका फूलजस्तो देखिन्छ ।

नांगो आकाशको नग्नतालाई देख्न नसकेर लाजले आफ्नै मुख छोपिरहेको कुनै लज्जवती युवतीले ओढेको पछ्यौरीजस्तो पनि देखिन्छ । अनि यसो सोच्छु– अनुहार छोप्दा त यति सुन्दर छिन् भने झनै अनुहार खोलिन् भने त ! तर यदि अनुहार मैले सोचेकोजसतो नभएर कुरुप थियो भने ? आ… होस्, कतिपय कुरा ठाढैबाट हेरेको राम्रो ! जस्तो चन्द्रमालाई सुन्दर देखेर मोहित हुने म यदि चन्द्रमा नै पुुगेँ भने त त्यो बालुवाको थुप्रोसिवाय केही होइन । र त कतिपय कुराहरूलाई नछोएको नै राम्रो, नभेटेको नै राम्रो । यतिबेला सम्झन्छु– जीवनमा यस्ता युवती थिए, जसको स्वर एकदम राम्रो थियो र स्वरसँग प्रेममा परेको थिएँ । सोच्थेँ, यति मीठो स्वर भएकी मान्छे झनै कति सुन्दर छिन् होलिन् ! त र कतिपय कुरालाई ठाढैबाट हेरेको राम्रो ।

फेरि सोच्छु– सुहागरातको दिन घुम्टो ओढेर नव दुलाहालाई कुरिरहेकी दुलाहीको घुम्टोजस्ता पनि देखिन्छन् यी फिँजिएका बादलहरू । लाग्छ, माथि उदाएको घाम यही बादलको ढाडैढाड टेकेर पश्चिम क्षितिजसम्म पुग्छ । फेरि यसो सोच्छु, यी बादलहरू मेरी अनाम प्रेमिकाको लागि खुट्टामा केही बिझाउला कि भनेर बसिदिएका हुन् । जसमाथि टेकेर कुनै आदिम संगीत निकाल्दै उनी मसम्म आइपुग्ने छिन् र म जीवनको एउटा सुन्दर यात्रामा निस्कनेछु ।

प्रसंग दुई
यसो हेर्छु यो तस्वीरलाई । दुईवटा फोटाहरू छन् मुस्कुराइरहेका । लाग्छ यी तस्वीरमा देखिएकाहरू श्रीमान्–श्रीमती हुन् । जो २५ औँ म्यारिज एनिभर्सरी मनाइरहेका छन् । एकअर्कालाई धन्यवाद दिइरहेका छन् । यति मीठो र लामो यात्राको लागि । एनिभर्सरीको दिन केकमा डुबेर एकअर्कालाई प्रेमले सम्बोधन गरिरहेका जस्ता पनि देखिन्छन् । यो पनि हुन सक्छ कि यी मुस्कुराइरहेका तस्वीरहरू सम्बन्धविच्छेदपछि अदालतबाट बाहिर निस्किएर बाटोमा फ्यालिएका बिहे दर्ताका कार्ड हुन् या भ्यालेनटाइनमा एकअर्कालाई उपहार दिएका एकअर्काका तस्वीर हुन् । जसलाई बिर्सिएर पनि सम्झिन नपरोस् भनेर साँझमा फालिएका हुन् । जुन रात आकाशबाट हिउँ खसे र सजाए यी तस्वीरलाई कि मूल्यहीन हुनु भनेको झनै मूल्य बढ्नु हो भनेर मान्छेहरूलाई सिकाउनको लागि । यही कारण त फोटोग्राफरको छातीमा कताकता बिझायो होला र क्यामेराको लेन्स यता सोझियो होला ।

या कुनै बिछोड भएका प्रेमी या प्रेमिकाको तस्वीर पनि हुनसक्छ । जो जाँदाजाँदै बीच बाटोमै खसिदियो र हरायो जीवनको एउटा अनौठो महसुस । कुनै सँगै मरेका प्रेमी–प्रेमिकाको तस्वीरजस्तो पनि देखिन्छ । जुन तस्वीरमुनि उनीहरूको चिहान छ । र आज भ्यालेनटाइन डे हो र आकशले उनीहरूको चिहानलाई सजाइदिएका छन् । जुन सजावट देखेर भर्खरै प्रेममा परेकाहरूले साँच्चिकै प्रेम गर्ने प्रयत्न गरून् भनेर । लोककथामा भनिएजस्तो मालतीलाई सपनामा मधुकरले वायुपंखी घोडामा भगाएको बाटोजस्तो पनि छ । जुन बाटोबाट उनलाई राजकुमार मधुकरले विपनामै भगाएर लगेका थिए । र जहाँबाट उनको जीवनको नयाँ यात्रा सुरु भएको थियो ।

योभन्दा अर्को कुरा त कि यो कुनै टाइटानिक जहाजजस्तो नि देखिन्छ । जहाँ लियोनार्डो डिकाप्रियो (ज्याक) र केट विन्सलेट (रोज) हात समाइरहेका छन् । जहाज डुब्नै लागेको छ । र पनि उनीहरूले एकअर्काको हात छाडेका छैनन् । त्यो हिउँ टाइटानिक जहाजलाई दुर्घटनामा पार्ने ढिस्को हो । यतिबेला मलाई यो हिउँ मन परेन । पर्दै परेन । र यसपछि मैले बुझेँ–सबै कुरा सधैँका लागि हुँदैनन् । सबै कुरा सधैँ मन परिरहनुपर्छ भन्ने जरुरत पनि छैन । समयले हर कुराको मूल्य एकपटक उचाइमा पु¥याउँछ र तल झार्छ । यतिबेला मलाई समय दलाल व्यापारीजस्तो लागिरहेछ ।

फेरि सोच्छु, यी दुई तस्वीर सारा दुनियाँबाट भागेर प्रेमको अलौकिक स्वाद चाख्न आएका प्रेम जोडीका हुन् । जो जाँदाजाँदै बीच बाटोमै गन्तव्य पत्ता नलगाएर अलमलिएका छन् । बाटो नभेटाएर रोकिएका छन् । जसलाई रोकिनुमा कुनै फिक्री छैन । उनीहरू चाहन्छन् कि बाटो अझै पत्ता नलागोस् र जुनीजुनीसम्म यहीँ रहिरहूँ । सकभर समय पनि रोकियोस् । बैँस रहिरहोस् सधैँ–सधैँ । प्रेम यस्तै भइरहोस् सधैँसधैँ । आकर्षण कहिल्यै नघटोस् । र बाँचिरहूँ प्रेमको मौसममा जुनीभरि । यो कुरा यी फोटामा उदाएको मुस्कानले पनि पुष्टि गर्छ । फेरि यी तमाम सोचलाई एकछिन अलि पर्तिर राखेर सोच्छु । यी फेटोमा देखिएका तिमी र म हुँ । जो जीवनको सबैभन्दा सुन्दर बिदा मनाउन एउटा यस्तो देशमा पुगेका छौँ, जहाँ तिमी र मसिवाय अरू कोही छैनन् । हिउँहरू हामीलाई भुलभुलैयामा राखेर हाम्रो बाटो छेकिरहेछन् । र हामी एक अर्काको हात समातेर हिँउहरूमा आधा पुरिएका छौँ । या भनौँ, प्रेममा चुर्लुम्म डुबेका छौँ ।

प्रसंग तीन
यो फोटोमा देखिएको अग्लो हिमाल कुनै निडर नारीजस्तो देखिन्छे । जोसँग पराजित भएर थाकेका लोग्नेमान्छेजस्ता देखिन्छन् तल बसेका दुई मान्छेहरू । जो बारबार हमला गरेर पनि पराजित भएजस्ता । र फेरि हमला गर्नको लागि तयार भएर बसेजस्ता । तर यो हिमालको उचाइ देखेर पनि थाहा लगाउन सकिन्छ कि उनीहरू सयौँजुनी कोसिस गरे पनि कहिल्यै जित्न सक्दैनन् । सायद, नारीहरू हारिदिन्छन् र हामी जित्छौँ । यदि उनीहरू यो हिमाल जसरी निडर भएर बसिदिए भने ? नालापानीको किल्लामुनि बसेर उचित अवसर कुरिरहेका अंग्रेजजस्ता पनि देखिन्छन् । जो बलभद्रहरूसँग हारेर दूषित योजना बनाइरहेका र जित्ने आत्मविश्वास गुमाएका अंग्रेज सैनिकजस्ता देखिन्छन् तल बसेका मान्छे । जो जतिपटक लडाइँ छेडे पनि युद्ध जित्न सक्दैनन् । या फेल्कल्याण्डको टापुबाट भागेका अर्जेन्टिनी सैनिकजस्ता पनि देखिन्छन् ।

बाढीबाट जोगिएका बंगलादेशी नागरिकजस्ता नि देखिन्छन् । भोकमरीले बिजोक भएका सोमालियाका नागरिकजस्ता नि देखिन्छन् । जो राहत कुरेर बसिरहेका छन् । आशावादी भएर आकाशमा जहाज हेरिरहेका छन् । र आफ्नै जीवनलाई करुणाको नजरले हेरिरहेका छन् । माथिको अग्लो हिमाल अफ्रिकाबाट पश्चिमेली मुलुकहरूले लिएर जाँदै गएको हीराजस्तो पनि देखिन्छ । जसलाई टुुलुटुलु हेरिरहेका सोझा अफ्रिकन जनताजस्ता देखिन्छन् यी तस्वीरमा पाल टाँगेर बसेका मान्छेहरू । जीवनको उकालो चढ्दा–चढ्दै थाकेर फर्किने सोच बनाइरहेका महत्वकांक्षी यात्रुजस्ता देखिन्छन् । जसको लागि सपना यति अग्लो गरी उभिएको छ कि उनीहरू सजिलै गरी पूरा गर्न कदापि सक्दैनन् ।

यो कुनै टाइटानिक जहाजजस्तो नि देखिन्छ । जहाँ लियोनार्डो डिकाप्रियो (ज्याक) र केट विन्सलेट (रोज) हात समाइरहेका छन् । जहाज डुब्नै लागेको छ । र पनि उनीहरूले एकअर्काको हात छाडेका छैनन् । त्यो हिउँ टाइटानिक जहाजलाई दुर्घटनामा पार्ने ढिस्को हो । यतिबेला मलाई यो हिउँ मन परेन । पर्दै परेन । र यसपछि मैले बुझेँ–सबै कुरा सधैँका लागि हुँदैनन् । सबै कुरा सधैँ मन परिरहनुपर्छ भन्ने जरुरत पनि छैन । या यो पनि भन्न सकिन्छ, उनीहरू तानाशाही सत्ता ढाल्नको लागि गृहकार्य गरिरहेका गान्धीहरू हुन् । जो सत्याग्रह गर्ने तयारीमा रहेका छन् । या जनयुद्धमा होमिएका क्रन्तिकारीजस्ता पनि देखिन्छन् । नियालेर हेर्दै जाँदा, कीर्तिपुर लडाइँमा शूरप्रताप शाहको आँखा फुटेपछि निराश बनेका गोर्खाली फैजजस्ता पनि देखिन्छन् ।

या प्रकृतिलाई जित्न हिँडेका तर हारेका मान्छेजस्ता देखिन्छन् । उनीहरूको बसाइ हेर्दामा यो पनि बुझ्न सकिन्छ कि उनीहरू यो सोच्दै होलान्–प्रकृतिलाई क्यै गरे पनि जित्न सकिन्न । या प्रकृतिको सौन्दर्य गायब भयो भनेर चिन्ता गरिरहेका वातावरणविद्हरू होलान् । जो हिउँ निख्रिरहेको हिमाल देखेर दुःखी भएका छन् । हुन पनि हो । मान्छेका अनेक क्रियाकलापले प्रकृतिको आदिम सौन्दर्य गायब भइरहेछ । यसको लागि सबैले सोच्न जरुरत छ यो कारणले कि आउने अर्को पुस्ताले पनि यो सौन्दर्य उपभोग गर्न सकून् । उनीहरूलाई पनि चाहिन्छ ।

समग्रमा…
बोल्नै लागि त कति कुराहरू छन् यी तस्वीहरूमा । मेरी आमाजस्ती हिमालमाथि मैले जति बोले नि म न्याय गर्न सक्दिनँ । बरु कुनै दार्शनिकले जिन्दगीबारे बोलेर सक्ला तर यी विषयमा कसैले पनि बोलेर सक्दैनन् । ती सारा दार्शनिकहरू प्रकृतिको स्तन चुसेर बाँचेका हुन् । कोसिस गर्न सकिन्छ तर जित्ने दुस्सासह नगरे हुन्छ प्रकृतिलाई कोही कसैले । स्वयं ईश्वरले पनि । जनता पोष्टबाट

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्