Logo
१३ मंसिर २०८१, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटलमा आगलागी हुँदा रु ५ लाखको क्षति

इटहरी : धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा शुक्रबार बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उक्त आगलागीमा परी अमृता लिम्बूु घाइते भएको र उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि उनले जानकारी दिए । आगो निभाउने क्रममा उनको बायाँ हात जलेको छ । वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा तीन थान ग्यास सिलिण्डर विस्फोट हुनपुगेको पनि प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्