Logo
४ आश्विन २०८१, शुक्रबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारबारे प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको दाबी यस्तो

काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘सुखी नेपाल र समृद्ध नेपाल’को जिम्मेवारी युद्धस्तरमा शुरु हुने बताएका छन् । उनको नियुक्तिपश्चात् बालुवाटारमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै पाँच वर्षे कार्ययोजनाअनुसार जिम्मेवार भएर सरकार अगाडि बढ्ने बताए ।

मन्त्रिमण्डल चाँडै विस्तार उल्लेख गर्दै उनले नेकपा (एमाले) र नेकपा (माओवादी) केद्रबीच मन्त्रालय र व्यक्तिका विषयमा छलफल भइरहेको जानकारी दिए । प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, “यथाशीघ्र मन्त्रिमण्डल विस्तार भएर काम शुरु हुन्छ । उनी अघिल्लो कार्यकालमा पनि सोही जिम्मेवारीमा थिए ।

एमालेका पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष रिमाल संविधानसभाका पूर्व सदस्य हुन् । प्रधानमन्त्री ओली यही फागुन ३ गते नियुक्त भएपछि सचिवालयमा उनको यो पहिलो नियुक्ति हो ।

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्