Logo
२२ कार्तिक २०८१, बिहीबार
(February 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्द्रमा मन्त्रालयहरुको संख्या १७ वटा राख्ने सरकारको निर्णय 

काठमाडौं : केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर सरकारले १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । वातावरण मन्त्री लालबाबु पण्डितले शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा झार्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाललार्इ नियुक्त गर्ने निर्णय पनि गरेको छ । रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए ।

विभिन्न समय बनेका सरकारले यसअघि सुरुमा १८ को संख्यामा रहेको मन्त्रालय बढाउँदै २१, २५, २७ हुँदै ३० वटासम्म पुर्‍याएका थिए । सरकाद्वारा विभिन्न समयमा गठन गरिएका प्रशासन सुधार आयोग तथा प्रशासन पुन:संरचना समितिले मन्त्रालयको संख्या घटाएर १२ देखि १८ वटासम्म पुर्‍याउन सरकारलाई सुझाव दिँदै आए पनि कार्यान्वयन हुन सकेको थिएन ।

अब केन्द्रमा रहने मन्त्रालयहरु यस्ता हुनेछन् (मन्त्रालय र कार्य जिम्मेवारी) :

१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय :शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन , मन्त्रिपरिषद्को सचिवालय, जनशक्ति व्यवस्थापन

२. अर्थ मन्त्रालय : अर्थ नीति तथा योजना

३. उद्योग वाणिज्य तथा अापूर्ति: उद्योग वाणिज्य र अापूर्ति सम्बन्धी कार्य

४. कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय : ऐन नियम कानुन, संसदीय मामिला

५. कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय : कृषि पशुपालन सहकारी तथा भूमिसुकार

६. गृह मन्त्रालय : शान्ति सुरक्षा तथा शान्ति व्यवस्था

७. जल श्रोत तथा उर्जा मन्त्रलाय :सिंचाई, उर्जा, खानेपानी, जल उत्पन्न प्रकोप

८. परराष्ट्र मन्त्रालय : परराष्ट्र मामिला

९. वन तथा वातावरण मन्त्रालय : वन,वातावरण, भुसंरक्षण , जलाधार, जल तथा मौसम विज्ञान

१०. भौतिक पूर्वाधार तथा यातायात : सडक, यातायात र आवास

११. महिला बालबालिका एवं श्रम तथा रोजगार : महिला जेष्ठ नागरिक, तथा बालबालिका, श्रम तथा रोजगार सम्बन्धी कार्य

१२. रक्षा मन्त्रालय : रक्षा सम्बन्धी

१३. शिक्षा, विज्ञान, प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय : शिक्षा, विज्ञान, युवा , खेलकुद गतिविधि सम्बन्धी कार्य

१४. संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय : कला संस्कृति, पर्यटन, नागरिक तथा हवाई उड्ययन

१५. स्वास्थ्य तथा जनसख्ंया : स्वास्थ्य, जनसंख्या सम्बन्धी कार्य

१६ शहरी विकास तथा खानेपानी : शहरी विकास, योजना तथा खानेपानी सम्बन्धी

१७ सञ्चार तथा सूचना प्रविधि : सूचना, सञ्चार एवं प्रविधि सम्बन्धी कार्य

१८संघीय मामिला तथा सामान्य प्रशासन : स्थानीय, संघीय विकास , कर्मचारी तथा जनशक्ति व्यवस्थापन

प्रकाशित मिति: Feb 23, 2018

प्रतिक्रिया दिनुहोस्