Logo
३१ भाद्र २०८१, सोमबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नं ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित

पोखरा : प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले) का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित हुनुभएको छ । पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा भएको आजको बैठकबाट नवनिर्वाचित उपसभामुख सिर्जना शर्मासँग नेपाली काँग्रेसका तर्फबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट पियारी थापाको उम्मेदवारी परेको थियो ।

प्रदेशसभा बैठकमा उपस्थित ५६ मतमध्ये वाम गठबन्धनबाट निर्वाचित शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठकमा जानकारी गराउनुभएको थियो । उपसभामुखको चयन मत विभाजनको प्रक्रियाबाट गरिएको थियो ।

प्रदेश नं ४ को प्रदेशसभामा एमालेका २७, नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका तीन, नयाँ शक्ति नेपालका दुई रहेका छन् भने मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले शपथ खाएका छैनन् ।सभामुख नेत्रनाथ अधिकारीले नवनिर्वाचित उपसभामुख सिर्जना शर्मालाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो । (रासस)

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्