Logo
३ आश्विन २०८१, बिहीबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘निर्णयक’ भनिएको वार्ता विना निष्कर्श सकियो

काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको भक्तपुरको पुरानो ठीमीस्थित एक व्यापारीको घरमा बसेको बैठक विना निष्कर्श सकिएको छ ।

आजको वार्तालाई निर्णायक भनिएपनि बैठक विना निष्कर्श सकिएको हो । वार्तामा पार्टी एकता र कर्यदिशाका साथै माओवादी केन्द्रको सरकारमा सहभागिताका विषयमा छलफल भएको तर कुनै विषयमा पनि सहमति नभएको बताइएको छ । छलफल सकारात्मक भएको र पुनः छलफलमा बस्ने गरी आजको वार्ता सकिएको दुवै नेताहरुले बताएका छन् ।

आजको बैठकमा ओलीले माओवादीबाट सरकारमा सहभागि हुनेहरुको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर, एकीकृत पार्टीका लागि विवाद रहेको कार्यदिशाको विषयमा सहमति नभएसम्म पार्टी सरकारमा सहभागि नहुने भन्दै प्रचण्डले जवाफ दिएको बताइएको छ ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्