Logo
३ आश्विन २०८१, बिहीबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनभित्रै वाम एकता र सरकारले पूर्णता पाउने दाबी

काठमाडौं : अबको तीन दिनभित्रै एमाले-माओवादी केन्द्रबीच एकता हुने र सरकारले पनि पूर्णता पाउने नेकपा एमालेका नेता आनन्द पोखरेलले ठोकुवा गरेका छन् ।

रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा उनले तीन दिनभित्र पार्टी एकता हुने र सरकारले पनि पूर्णता पाउने बताए ।

उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिसकेको छ, यो जनताको अपेक्षा पनि थियो, अब एमाले र माओवादी केन्द्र भनेको एउटै पार्टी हो, माओवादी सरकारमा सहभागी कहिले हुन्छ भन्ने प्रश्नै हुँदैन, अबको तीन दिनभित्रै दुईपार्टीवीच एकता हुन्छ, र सरकारले पनि पूर्णता पाउँछ ।’

पोखरेलले माओवादी केन्द्र सरकारमा सहभागी हुनको लागि कुनै समस्या नभएको पनि जिकिर गरे । उनले थपे, ‘हामी त राजपा र फोरमलाई पनि सरकारमा सहभागी गराउन आहृवान गरिरहेका छौं ।’ माओवादी केन्द्रका नेता चक्रपाणि खनालले पार्टी एकता चाँडै टुंगोमा पुग्ने विश्वास दिलाउँदै एक साताभित्रै आफूहरु पनि सरकारमा सहभागी हुने स्पष्ट पारे । खनालले भने, ‘अबको एक साताभित्रै हामी पनि सरकारमा सहभागी हुन्छौं, यसमा कुनै विवाद छैन, तर अहिले पार्टी एकता टुंगोमा पुर्‍याउने गरी छलफल भइरहेको छ ।’

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्