Logo
३ आश्विन २०८१, बिहीबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक स्थगित

काठमाडौ : आज बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक नबस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार आजको बैठकमा एमाले नेता माधवकुमार नेपाल अनुपस्थित हुनेभएकाले बैठक नबसिने भएको हो ।

पार्टीको काम विशेषले माधवकुमार नेपाल राैतहट गएकाे उनका स्वकीय सचीव नितेश पौडेलले जानकारी दिए । बैठक अब कहिले बस्ने भन्ने टुंगो लागेको छैन । यसअघि शनिबार प्रधानमन्त्री केशी शर्मा ओलीको निजी निवास बालकोटमा एकता संयोजन समितिको बैठकको तयारी भन्दै प्रचण्ड र ओलीबीच डेढ घण्टा लामो भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्