Logo
३ आश्विन २०८१, बिहीबार
(February 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत चयन

काठमाडौं : नेकपा माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको छ । आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई नै दलको नेता चयन गरेको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र संसदीय दलको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेकाे बताइन् । बैठकले एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी एकता टुंगिएपछि मात्र सरकारमा कसको नेतृत्वमा पठाउने बारे छलफल हुने उनले बताइन् ।

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल करिव निचोडमा पुग्ने उनको भनाई थियो । सो अवसरमा प्रचण्डले एमालेसँगको एकताबारे चर्चा गरेका थिए । एकताको बैठक आज बस्ने भएको छ । पार्टीले समानुपातिकबाट निर्वाचित सा‌ंसदलार्इ प्रमाणपत्र वितरण गरेकाे छ ।

प्रकाशित मिति: Feb 18, 2018

प्रतिक्रिया दिनुहोस्