Logo
१३ मंसिर २०८१, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय सभामा देउवा सरकारले सिफारिस गरेको नाम फिर्ता लिने तयारी

काठमाडौँ : सरकारले पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् ।

सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए । ‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने । स्रोतका अनुसार एमाले र माओवादीबीच भागबन्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ । दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्