मेक्सिकोमा फेरि शक्तिशाली भूकम्प, ओक्साकामा भवनमा ठुलो क्षति
मेक्सिकोमा फेरि शक्तिशाली भूकम्प गएको छ । मेक्सिकोको दक्षिण–पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर ७.२ रेक्टर स्केलेको भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ । राजधानी मेक्सिको सिटीबाट ३५० किलोमिटर पर केन्द्रविन्दु भएर भूकम्प गएको हो । ओक्साका राज्यको पिनोतेपा डी डन नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पका कारण ओक्साकामा भवनमा क्षति पुगेको छ । तर अहिलेसम्म मानिसको मृत्यु भएको जानकारी आएको छैन । आन्तरिक मामिला मन्त्री र ओक्साका गर्भनर चढेको हेलिकप्टर दुर्घटनामा पनि परेको छ । मन्त्री र गभर्नर सकुशल रहे पनि अरु दुईजनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको बताइएको छ । गएको सेप्टेम्बरमा मेक्सिकोमा दुईवटा शक्तिशाली भूकम्प जाँदा सयौँ मानिसको ज्यान गएको थियो ।