Logo
३ आश्विन २०८१, बिहीबार
(February 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाम एकतालाई निष्कर्षमा पुर्‍याई सरकारलाई पूर्णता दिन ओली–प्रचण्ड सहमत

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ समझदारी बनेको छ । आज भएको छलफलमा वाम गठबन्धनका प्रमुख नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउँदै सरकार गठनलाई पूर्णता दिने सहमति भएको हो ।

करिब ४५ मिनेट भएको भेटवार्तामा सरकार गठनलाई पूर्णता दिने र पार्टी एकताका बाँकी विषयमा सहमति भएको जनाइएको छ । जिल्ला भ्रमणमा निस्कन लागेका माओवादी अध्यक्ष दाहालले शनिबार बिहान १० बजे प्रधानमन्त्री ओलीसँग एक्लै भेटवार्ता गरेका थिए । दुवै दलका प्रमुख नेताले भोलि एकता संयोजन समितिको बैठक बोलाएर मिल्न बाँकी बिषयलाई टुंगोमा पुयाउने सहमति गरेका छन् ।

एमाले अध्यक्षका प्रेस संयोजक चेतन अधिकारीले भोलि एकता संयोजन समितिको बैठक बसेर सरकारलाई पूर्णता दिने र एकतालाई निष्कर्षमा पुयाउने सहमति बनेको बताए ।

बैठकको समय र स्थान तय नभए पनि माओवादी अध्यक्ष दाहाल काठमाडौं फर्किएलगत्तै छलफल अघि बढ्नेछ । वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरे पनि एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्तमा एकता प्रक्रिया अड्किएको छ ।

प्रकाशित मिति: Feb 17, 2018

प्रतिक्रिया दिनुहोस्