संगीतमा ईश्वरको ‘अत्तर’ : आँखामा हाेइन, हृदयमा अटेको संसार
समयको कुरा सधैँ मान्छेको हातमा हुँदैन । मान्छेले सोच्दै नसोचेको नियति पनि भोग्न बाध्य हुनुपर्छ । त्यस्तै बाध्यताको सिकार भएर बाँच्नुपर्यो चर्चित गायक ईश्वर अमात्य, ४८ ले । किनकि उनी जन्मजात दृष्टिविहिन हुन् ।फूलको अत्तर त महसुस गर्न सक्छन् । त्यस फूलको सौन्दर्यबारे भने अरुले भनेको सुनेकै आधारमा धारणा बनाउनुपर्छ । अद्यपि ‘अत्तर त्यो फुलको झरेपछि उडिजान्छ रे’ भन्ने चर्चित गीतका गायक हुन् उनी । उनी अर्थात्, ईश्वर अमात्य ।
पुख्र्यौली घर पाटन भएपनि उनको जन्म त्रिशुली नुवाकोटमा भयो । नेवारी समुदाय काठमाडौँबाट देशको विभिन्न ठाउँमा पुग्थे व्यापारको क्रममा । ईश्वरका बाबुआमा पनि व्यापारका लागि त्रिशुली पुगेका हुन् । ०५२ सालतिर उनले पोखरामा रेस्टुरेन्टमा गीत पनि गाएका छन् । करिब एक वर्ष ‘प्रिन्स रेस्टुरेन्ट’मा गीत गाए । यस्तै गीतमात्र गाउँछु भन्नै पाइन्नथ्यो । त्यतिखेर उनले गीत गजलदेखि लोकगीतसम्म गाए । स्रोताको रोजाइअनुसार गाउनुपथ्र्यो । पोखराको गायनकै क्रममा भारत बङ्गाल निवासी ज्योस्ना भास्करसँग पीरति बस्यो । लगभग १५ दिनको प्रेमले उनीहरूलाई पोखराबाट काठमाडौँ तान्यो ।
ईश्वरले ०५२ सालको बडादशैको शुभसाइत पारेर ज्योस्नासँग विवाह गरे । एक छोरा जन्मिए ०५३ सालमा । उनी अहिले सेन्ट जेभियर्स कलेजमा पढ्दैछन् । गिटार बजाउँछन् । गाउँछन् पनि । यद्यपि उनले संगीतमा नै करियर बनाउँछु भनेर गाएका भने होइनन् । ईश्वरलाई त्रिशुलीमा हुँदै बुबाका साथीहरू गीत गाउन प्रोत्साहित गर्थे । अमात्य भन्छन्, ‘मलाई गीत गाउन प्रेरित गर्ने मेरा बुबाका साथीहरू र स्कुलका सहपाठी नै हुन् ।’ तर अहिले उनी नाम सम्झिँदैनन् । ब्रेल लिपिमा संगीतको नोटेसन नहुँदा संगीत सिक्न सुविधायुक्त छैन । अमात्य भन्छन्, ‘सुनेको आधारमा नोटेसन पक्डिनु पर्छ । गाह्रो हुन्छ नि ।’ उनी कृष्ण नापितको शब्दमा आफैँले संगीत भरेर ‘मेघ गर्जिरहेछ, चट्याङ परिरहेछ’ बोलको गीत गाएर गायनमा प्रवेश गरेका हुन् । नुवाकोटमा हँुदै उनले क्लासिकल संगीत सिक्न थालेका थिए, त्यसैले उनलाई गायन त्यति अप्ठ्यारो विषय थिएन । उनी पुष्परत्न तुलाधारको संगीत प्रशिक्षणद्वारा नुवाकोटमै खारिएर काठमाडौँ छिरेका थिए ।
त्यसपछि उनले कलानिधि संगीत पाठशालामा २÷३ वर्ष औपचारिक कक्षा पनि लिए । जसले उनको सुरिलो आवाजमा अझ सुर पनि भरिदियो । हालसम्म ३÷४ सयजति गीत गाएका ईश्वरको साङ्गीतिक व्यक्तित्व खुलेको छ । उनी सुरुसुरुमा आफूले गाएका प्राय गीतमा आफैँ संगीत भर्ने गर्थे । यसो गर्दा नोटेसनले अप्ठ्यारो पार्दैनथ्यो,’ अमात्य भन्छन् । अमात्यले हालसम्म चारवटा सोलो एल्बम निकालिसकेका छन् । ‘नव प्रतिभा’, ‘ईश्वर’, ‘ईश्वर अमात्यको कथा’ उनका एल्बम हुन् । त्यसैगरी एउटा नेवारी भाषामा एल्बम पनि निकालेका छन् । अमात्य गायक–संगीतकार मात्रै होइनन्, संगीत प्रशिक्षक पनि हुन् ।
उनले ‘डोरेमी संगीत पाठशाला’मा दश वर्ष नियमित प्रशिक्षण दिए । त्यतिखेर उनले प्रशिक्षित गरेका संगीतका विद्यार्थीहरूमध्ये सन्तोष लामा त ‘नेपाली तारा’को दोस्रो सिजनमा विजेता नै बने । उनले प्रशिक्षण गरेकी इन्दिरा जोशी नेपाली ताराको पहिलो संस्करणमा टप फाइभसम्म पुगेकी थिइन् । उनी नेपाल आइडलजस्तो चर्चित ‘रियालिटी सो’मा निर्णायकसमेत भइन् । त्यसै गरी दाबा गुरुङ र निशा देशारले पनि संगीतमा रामै्र गरिरहेका छन् । अमात्य भन्छन्, ‘आफूले सिकाएका विद्यार्थीले प्रगति गर्दा पनि आफैँले सफलता पाएजस्तो लाग्दो रहेछ ।’ अहिले उनी घरमै सिकाउँछन् । आलोपालो गरेर उनको घरमा संगीत सिक्न आउनेको संख्या १० जति पुग्छ । यदाकदा स्टेजमा गाउन बोलाउँछन् । बुझ्नेले राम्रैसँग १०÷१५ हजार पनि दिन्छन् । ‘नबुझ्नेले पो बिताउछँन् त । समाजसेवा गरेजस्तो हुन्छ,’ अमात्य भन्छन् । अचेल पनि महिनामा दुई चारवटा स्टेजमा गाउने अफर आउँछन् । वास्तवमा स्टेजमा गाएको आयले आज उनको घरबार चलेको छ ।
अहिलेको संगीतको बजार एल्बमबाट युट्युबतिर बसाइँ स¥यो । युट्युबको जमाना आएपछि पुराना गीतहरू पनि युट्युबमा अपलोड हुन थाले । यसले गर्दा पुराना गीत पनि ‘डकुमेन्टेसन’ भएको उनको बुझाइ छ । अहिले ‘नसमाऊ नारीमा’ टाइपका गीतहरूले युट्युबबाटै लगानी उठाउँदा पुराना गम्भीर गीतका ‘भिवर्स’ बीस हजार पनि नपुग्ने अवस्था छ । संगीतको बजार र सूचनाप्रविधिको खासै चासो नराख्ने अमात्य भन्छन्, ‘गीत सुनाइको पनि तरिका हुन्छ । जे भएपनि पुराना र गम्भीर गीतको डकुमेन्टेसन भएको छ । हेर्ने चाहनेले सुलभ ढंगले हेर्न र सुन्न पाउँछन् ।’ उनलाई युट्युवको आधुनिक प्रविधिबारे पनि उति ज्ञान छैन । उनका एकजना सहयोगी छन् । सबै काम उनैले गरिदिन्छन् । ज्योस्ना भास्करसँगको साथले उनको पारिवारिक जीवन सुखमय ढंगले बितिरहेको छ । उनी भन्छन्, ‘हिँड्दा मात्रै मलाई छडी चाहिन्छ । नत्र त यी दुई छन् नि ।’ उनी ‘परिवार’ र उनले गाएका गीतका ‘एल्बम’तिर सङ्केत गरेर भन्छन् ।
उनी पाँच वर्षको छँदा बुबाले सधैँको लागि छोडेर गए । त्यसपछि ईश्वरको लालनपालन र रेखदेखको जिम्मा आमाको काँधमा आइप¥यो । त्यस विपत्तिले दिएको सङ्कटको प्रभाव हालसम्म पनि परिरहेको छ । केही वर्षअघिसम्म उनी सोह्रखुट्टेमा भाडामा बस्थे । तर हाल भने उनले घर किनिसकेका छन् । घरको कुरामा ईश्वर भन्छन्, ‘यो घर पनि दुई तीन वर्षअघि मात्र किनेको हो ।’ उनी पाटनको रैथाने हुनुको कुनै गर्व देखाउँदैनन् । शालीन मुद्रामा भन्छन्, ‘संगीत क्षेत्रमै लागेर बाँच्न सकेको छु । घर–परिवार पाल्न सकेको छु । खुसी लाग्छ ।’ उनको मुख्य सहारा ‘दृष्टि’ जन्मिनुअघि नै गुमाएका थिए । अर्को ‘भरोसा’ पनि पाँच वर्षकै उमेरमा गुमाउनुप¥यो । यसबीचमा दृष्टिविहिन हुनुपर्दाको ताडना र सकस पनि सहिरहनुप¥यो । तर संगीत क्षेत्रमा स्थापित हुन थालेपछि भने यस्तो महसुस गर्नुपरेको छैन । उनलाई कसैले दृष्टिविहिन भएकैले होच्याएको र दुव्र्यवहार गरेको थाहा छैन । ईश्वर भन्छन्, ‘म आफूलाई अरूभन्दा भाग्यमानी ठान्छु । मेरो सङ्गतमा आएजति सबैको माया पाएको छु ।’
उनलाई युट्युवको आधुनिक प्रविधिबारे पनि उति ज्ञान छैन । उनका एकजना सहयोगी छन् । सबै काम उनैले गरिदिन्छन् । ज्योस्ना भास्करसँगको साथले उनको पारिवारिक जीवन सुखमय ढंगले बितिरहेको छ । उनी भन्छन्, ‘हिँड्दा मात्रै मलाई छडी चाहिन्छ । नत्र त यी दुई छन् नि ।’ उनी ‘परिवार’ र उनले गाएका गीतका ‘एल्बम’तिर सङ्केत गरेर भन्छन् ।यही सही सङ्गतले ईश्वरको भागमा राम्रा गीतहरू पनि परेका छन् । ‘छाया’ (कलेक्सन एल्बम) को ‘पिपलु बोटैमा ऐँजेरु पलायो’ भन्ने गीत सर्वाधिक हिट भयो । त्यसै गरी ‘कस्तो भाग्य’ (कलेक्सन एल्बम) को ‘मार्यो नि मायाले’ भन्ने गीत पनि ईश्वरकै पोल्टामा पर्यो । ‘अत्तर त्यो फूलको झरेपछि’ भन्ने गीत त ईश्वरको पर्याय नै बन्यो । हल्का ‘क्लासिकल टच’ गीतमा त्यतिखेरको रोजाइ उनी नै हुन्थे । रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईको एकछत्र चर्चा भएका बखत उनलाई संगीतमा स्थापित हुन सकस पर्नुपर्ने हो, तर त्यस्तो भएन । सबैले उनलाई माया नै गरे । कहिल्यै आफ्नो प्रतिस्पर्धी ठानेनन् । बरु ती तीनजना भएका कलेक्सन एल्बममा कतै न कतै ईश्वर अटाए । एउटा समय यस्तो पनि आयो, ईश्वरले नगाएको कलेक्सन एल्बम नै निस्किएनन् ।
उनले ०४७ सालको आधुनिक गीत प्रतियोगितामा द्वितीय पुरस्कार नै चड्काए । त्यस वर्ष रेडियो नेपालको आयोजना गरेको गायन प्रतियोगितामा पवित्रा सुब्वा प्रथम भएकी थिइन् । हाल यी दुवैजना नेपाली संगीत क्षेत्रमा राम्रै चर्चा र सफलता आर्जन गरेर बसेका छन् । उनले जीवनमा भाग लिएका प्रतियोगितामध्ये सबैभन्दा ठूलो ०५३ सालको शास्त्रीय गायन प्रतियोगिता हो । यसमा उनले प्रभुराज ढकालसँग संयुक्तरूपमा द्वितीय पुरस्कार हात परेका थिए । त्यस वर्ष प्रथम भने सुमन सचिन भएका थिए । उनलाई माया गर्ने अग्रज पुस्ताका संगीतकर्मीहरू गोपाल योञ्जन, दिव्य खालिङ र भक्तराज आचार्यलाई उनी सम्झिरहन्छन् । रविन शर्मा, फत्तेमान र नातीकाजीको सहयोग पनि उनी बिर्सिन सक्दैनन् । उनका समकालीन साथीहरूमध्ये आनन्द अधिकारी, न्ह्यु बज्राचार्य, लक्ष्मण श्रेष्ठ, लक्ष्मण शेष, नारायण खतिवडा, अमुल कार्की ढलीसँग प्रायः अचेल पनि भेट गरिरहन्छन् ।
उनले संगीत विषय लिएर डिप्लोसम्मको पढाइ अघि बढाए । तर, पढाइ कारणवश रोकियो । उनीसँग आफ्ना र संगीत क्षेत्रका बारे खासै ठूला गुनासा छैनन् । किनभने संगीतलाई नै व्यवसाय बनाउन सक्ने साधकमध्ये एक हुन् उनी । यस अर्थमा उनले त्यति धेरै दुखमनाउ गरिरहनुपर्ने जरुरी पनि छैन । उनलाई सबैभन्दा गुनासो लाग्ने कुरा भनेकै ब्रेल लिपिमा संगीत नोटेसन नहुनु हो । उनी भन्छन्, ‘संगीतमा ब्रेल लिपीको नोटेसन छैन । त्यसैले सुनेरै चिन्नुपर्ने हुन्छ ।’ उनको अर्को एउटा गुनासो पनि छ । गोपाल योञ्जनले उनलाई गीत गाउन दिन्छु भनेका थिए । तर उनले गोपाल योञ्जनको संगीतमा गाउन पाएनन् । जनता पोष्टबाट