Logo
९ मंसिर २०८१, आईतबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी भारतको पिएनबीमा १ खर्ब घोटाला

काठमाडौं : नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी भारतको पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ । नेपालमा रहेको एभरेष्ट बैंकमा पिएनबीको २० प्रतिशत हिस्सा छ । उक्त बैंकबाट मोदीले ७ वर्ष लगाएर उक्त पैसा हात पारेको पिएनबीले स्वीकारेको छ । कर्मचारीको मिलेमतोमा ‘लेटर अफ क्रेडिट (एलसी)’ र त्यसलाई भूक्तानी दिन प्रयोग गरिने स्विफ्टलाई प्रयोग गरेर उनले उक्त रकम हात पारेका हुन् ।

तर नेपालको एभरेष्ट बैंक पिएनबीको प्यारेन्ट कम्पनी हो । एभरेष्टको नीतिगत तहमा पिएनबीकै कर्मचारीहरु हुनेगर्छन्। नेपालमा त्यसको असर नरहने एभरेष्ट बैंकको दाबी छ । एभरेष्ट बैंकको सूचना अधिकारी केशव राज पौडेलले यो सुरक्षासम्बन्धी समस्या रहेको औंल्याउँदै एभरेष्टलाई त्यसले केही असर नगर्ने बताए । यस किसिमको घटना बैंकको कमजोरीभन्दा प्रविधिका कारण हुने गरेको उनले दाबी गरे ।

भारतको सबैभन्दा ठूलो बैंकको रुपमा रहेको सो बैंकबाट सात वर्ष लगाएर कर्मचारीको मिलेमतोमा निरव मोदीले रकम लुटेको सार्वजनिक भएको हो । बैंकको हरेक दिन अन्तरिक अडिटको काम गर्ने भए पनि विदेशी संचार माध्यमले उल्लेख गरेअनुसार दैनिक ट्रान्जेक्सन प्रोसेस गर्ने (कोर बैंकिङ सिस्टम)लाई बाइपास गरेर उक्त घोटाला गरिएको थियो। घोटालामा संलग्न कर्मचारीहरुले एलसी कारोबार स्विफ्टमार्फत भएको भूक्तानीलाई पिएनबीले कोर बैंकिङ सिस्टम ‘फिनाकल’मा पोस्ट नगरेको खुलेको छ ।

स्विफ्टबाट भएको भूक्तानीलाई फिनाकलबाट अलग गरेपछि त्यो कारोबार दैनिक रिपोर्टिङभन्दा बाहिर गएको थियो। यही लुपहोललाई प्रयोग गरेर पिएनबिका कर्मचारी तथा हिरा कारोवारी निरव मोदीले बैंकको उक्त रकम हात पारेका थिए। उनले यसरी पैसा हात पार्ने काम सन् २०११ साल देखि सुरु गरेका थिए ।  हिरा कारोबारी मोदीले पिएनविबाट एलसीमाफ्त विदेशी कम्पनीलाई भुक्तानी दिने गर्थे। उनले जारी गरेको एलसीको भूक्तानी पिएनबीलाई साधरणतया तीन महिना भित्रमा गर्थे । कारोबार बढ्दै गएपछि पिएनबिका कर्मचारीले मोदीसँगको मिलेमतोमा फर्जी एलसी जारी गर्न थाले। यही फर्जी एलसीका आधारमा केही भारतीय (एक्सिस र इलाहावाद बैंकसहित) बैंकका विदेशी शाखाले पिएनबिबाट भुक्तानी लिने गरी निरव मोदीलाई डलरमा ऋण दिए । उनीहरुले यो ऋण पिएनबिका कर्मचारीले स्विफ्टमार्फत दिएको सन्देशअनुसार दिने गर्थे ।

घोटालाको विषयमा जानकारी सार्वजनिक भएपछि बिहीबार भारतका जाँच एजेन्सीहरुले मोदीका अफिसमा छापा मारेका थिए। भारतमा उनका विभिन्न ठाउँका अफिस, कारखाना तथा शोरुममा छापा मारेर सील गरिएको छ । पञ्जाव नेशनल बैंकका प्रवन्ध निर्देशक सुनिल मेहताले घोटालामा गुमेको रकम उठाउने प्रक्रिया सुरु भएको बताएका छन्। प्रहरीले आरोपीको सम्पत्ती जफत गर्नेदेखि लिएर मोदीलाई भारतमा ल्याउने प्रयास थालेको छ ।  घोटाला सार्वजनिक भएपछि मोदी बैंकको सम्पर्कमा आएको र उनले पैसा फिर्ता गर्ने एउटा योजना सुनाएको पिएनबीले जनाएकाे छ।

 

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्