ओलीलाई बधाई दिन सर्बसाधारणको लाइन
भक्तपुर : प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनको निजी निवासमा सर्बसाधारणको लाइन लागेको छ ।
बिहीवार प्रधानमन्त्री बनेका ओलीलाई बधाइ दिन शुक्रवार बिहानैदेखि सर्वसाधारण भक्तपुरको बालकोट स्थित निवासमा पुगेका थिए ।
एमाले कार्यकर्ता तथा सुवेक्षुकहरुले लाइनमा बसेर नयाँ प्रधामनन्त्रीलाई बधाइ दिएका थिए । उनीहरुले कार्यकालको सफलताको कामना गर्दै जनअपेक्षा अनुरुप कामगर्न सुझाव दिएका थिए ।