Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘जनताको चाहना अनुरुप काम गर्छु’

काठमाडौँ : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताए । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताए ।

मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उनले भने, “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।”

मन्त्री पण्डितले भने, वातावरणलाई मानवमैत्री बनाउनका लागि जनसंख्यालाई सन्तुलन बनाउनुपर्ने र यसका लागि जनसंख्या नियन्त्रणमा जोड दिइनेछ ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्