Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा सरकारका निर्णयप्रति प्रधानमन्त्री आक्रामक, छानिछानि उल्टाउने तयारी

काठमाडौं : जाँदाजाँदै शेरबहादुर देउवा सरकारले गरेका विवादास्पद निर्णय मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका केपी शर्मा ओलीले उल्टाउने तयारी गरेका छन् ।

ओली निकटतम् स्रोतका अनुशार, नयाँ सरकारले राष्ट्रियसभा सदस्यका तीन सदस्य मनोनयनका लागि गरेको देउवा सरकारले गरेको सिफारिस फिर्ता लिने तयारी गरेको छ । ओलीले राष्ट्रिय सभा सदस्य मनोनयन राजनीति प्रतोशोधका आधारमा हुन नहुने अडान राख्दै आएका थिए ।

यस्तै, चुनावमा पराजित भइसकेपछि देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति तथा मुलुकलाई आर्थिक भार पर्ने गरि गरेका निर्णयहरु एकमुष्ठ रुपमा खारेज गर्ने तयारी गरेको हो । व्यवहारिक र कानुनी पक्षहरु अध्ययन गरेपछि कामचलाउ सरकारले गरेका त्यस्ता निर्णयहरु प्रधानमन्त्रीले बदर गर्ने तयारी गरेको बुझिएको छ ।

चुनावपछि देउवा सरकारले बिभिन्न मन्त्रालय अन्तर्गत दर्जनौं राजनीतिक नियुक्तिहरु गरेका थिए । सरकार छाड्ने दिन पनि स्वास्थ्य सेवा विभाग लगायत विभिन्न ठाउँमा नियुक्ति गरेका थिए । कतिपय नियुक्ति देउवाले ब्याकडेटमा समेत गरेको आरोप लाग्दै आएको थियो ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्