Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर २ को उपसभामुखमा उपमा देव निर्वाचित

जनकपुरधाम : देश नम्बर २ ले महिला उपसभामुख पाउने भएको छ । फाल्गुन ४ गते प्रदेश २ मा तय भएको उपसभामुखको निर्वाचनमा संघीय समाजवादी फोरमकी उपमा देव निर्विरोध निर्वाचित भएकी छिन्।

विहीवार उपसभामुखकोलागी प्रदेशसभा सदस्य उपमा देवको एकमात्र प्रस्ताव दर्ता भएपछि उनी निर्विरोध भएकी हुन् । तर औपचारिक घोषण भने १ बजेपछि मात्रै हुने जनाईएको छ। देवको प्रस्तावकमा संघीय समाजवादी फोरमका प्रदेशसभा सदस्य ज्ञानेन्द्र कुमार यादव र समर्थकमा राजपा प्रदेशसभा सदस्य सुरीता साह रहेकी छिन्।

प्रदेश २ को सभामुखमा पुरुष भएकाले फरक दलबाट महिला उपसभामुख रहने प्रावधानको आधारमा देवले उपसभामुखको प्रस्ताव दर्ता गराएकी हुन्। प्रदेश २ को सभामुखमा राजपाका सरोज कुमार यादव यसअघि नै निर्वाचित भइसकेका छन्।प्रदेश २ मा फोरम र राजपा गठबन्धनको सरकार बनाउने सहमति भएपछि फोरमले मुख्यमन्त्री तथा उपसभामुख सहित तीन मन्त्रालय र राजपाले सभामुख सहित चार वटा मन्त्रालय पाउने सहमति भएको थियो।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्