नयाँ प्रधानमन्त्री नियुक्त भएपछि देउवा निजी निवास सर्दै
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सर्दै छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लागेका हुन् ।
गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए । आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लागेका उनका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिए ।