Logo
३ आश्विन २०८१, बिहीबार
(February 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको विषयमा ठोस निर्णय गर्न एमाले-माओवादी बैठक

काठमाडौं : हिजो माओवादीले सरकारमा मन्त्री नपठाएपछि दुई पार्टीबीच खटपट भएको चर्चा चलिरहेकै बेला पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने प्रयासमा शुक्रबार पनि एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बस्दैछ । बिहीबार नै बैठक बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्तिलगायतका कार्यक्रमका कारण बैठक बस्न सकेको थिएन ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आजको बैठकलाई निर्णायक बनाउने तयारी भइरहेको जानकारी दिइन् ।शुक्रबार बैठक बस्ने भनिए पनि समय र स्थान निश्चित भइसकेको छैन । तर, नेताहरुले आजको बैठकबाट पार्टी एकतालाई ठोस निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

यसैगरी एमाले नेता सुवास नेम्वाङका अनुसार आज पार्टी एकताको विषयमा ठोस निर्णय हुनसक्ने छ । एमाले-माओवादीबीच एकीकृत पार्टीको सिद्धान्त र पदीय भागबण्डामा कुरा मिलेको छैन । यी विषयमा कुरा नमिलेसम्म सरकारमा सहभागी नहुने अडान माओवादीले लिएको छ ।

जनताको बहुदलीय जनवाद (जबज) र माओवादका विषयमा आगामी महाधिवेशनसम्म छलफल गर्ने र त्यहीँबाट टुंगो लगाउने पूर्वसहमति दुई दलका नेताबीच भएको थियो । तर, एमाले नेताहरु बुधबार साँझदेखि एकाएक पूर्वसहमतिबाट पछि हटेको माओवादी नेताहरुको गुनासो छ ।

प्रकाशित मिति: Feb 16, 2018

प्रतिक्रिया दिनुहोस्