Logo
१२ मंसिर २०८१, बुधबार
(February 15, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

४५ वर्षीया श्रीमती कुटपिट गरी हत्या

भीमदत्तनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमानले हातले कुटपिट गरेको देखिन्छ ।”

इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भने, “सम्झाउने क्रममा विवाद हँुदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ

प्रकाशित मिति: Feb 15, 2018

प्रतिक्रिया दिनुहोस्