राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दै, आजै सपथग्रहण
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । यसका लागि ओली बिहिबारदेखि नै एमाले संसदीय दलका नेता चुनिएका छन् । यसका लासग एमालेले पहिलो संसदीय दलको बैठक बोलाइएको छ ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमाले श्रोतले जनाएको छ । एमाले र माओवादीबाट एक/एकजना नेता पहिलो चरणमा मन्त्री हुने बताइएको छ ।