Logo
३ आश्विन २०८१, बिहीबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैद्य र विप्लव नेतृत्वको माओवादीले छुटै मनाए जनयुद्ध दिवस

काठमाडौ : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज संयुक्त रुपमा २३ औं जनयुद्ध दिवस मनाएका छन् ।

राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण लगायतका नेताहरुको उपस्थिति रहेको थियो भने अन्य सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

नयाँ जनवादी क्रान्तिको कार्यभार बाँकी रहेको भन्दै जनवादी क्रान्तिलाई निरन्तरता दिने उद्घोष गर्र्दै आएका यी दुई पार्टीले २३ औं जनयुद्ध दिवस मनाएका हुन् ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्