Logo
१२ मंसिर २०८१, बुधबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि मोटरसाइकलमा पनि इम्बोस्ड नम्बरप्लेट

काठमाडौं : यातायात व्यवस्था विभागले मंगलबारदेखि दुई पांग्रे सवारी साधनमा समेत इम्बोस्ड नम्बरप्लेट जडान सुरु गरेको छ । प्रदेश नम्बर ३ मा दर्ता भएका दुई पांग्रे सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेट जडान जडान सुरु गरिएको हो । मोटरसाइकलका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ । अन्य देशको तुलनामा जून निकै उच्च हो । भारतमा करिब ६ सय भारुमा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । नेपालमा ठेकदार कम्पनीको दबाबमा उच्च शुल्क राखिएको छ । इम्बोस्ड नम्बर जडानका लागि सबै कर तिरिसकेको हुनुपर्ने विभागले जनाएको छ ।

विभागको सूचना अनुसार नम्बर प्लेट जडानका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । फर्म भरेपछि इम्बोस्ड नम्बर प्लेट जडान हुने मितिको सूचना प्राप्त हुन्छ । सोही अनुसार मातातिर्थस्थित यातायात व्यवस्था कार्यालयमा राजश्व बुझाएपछि मोटरसाइकलमा नम्बरप्लेट जडान हुने छ । बंगलादेशको डेकाटुर टाइगर कम्पनीले नेपालमा इम्बोस्ड नम्बरप्लेट छपाईको टेण्डर पाएको हो । बुट प्रणालीमा भएको ठेक्का भएकाले ५ वर्षसम्म नम्बरप्लेट जडानको सबै पैसा सोही कम्पनीले पाउनेछ ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्