Logo
३ आश्विन २०८१, बिहीबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव र वैद्यलाई पार्टी एकतामा सहभागी हुन प्रचण्डको अपिल

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छाडेका मोहन वैद्य र विप्लव भनिने नेत्रविक्रम चन्दलाई पार्टी एकता प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा माओवादी मुख्यालय पेरिसडाँडामा मंगलबार भएको कार्यक्रममा अध्यक्ष दाहालले दिवास्वप्नले क्रान्ति पूरा नहुने बताए । ‘सपता धरालत र विज्ञानमा आधारित हुनुपर्छ, रहर लडहमा क्रान्ति हुँदैन,’ विप्लवको दिवास्वप्नले क्रान्ति नहुने दाहालको भनाइ थियो । वैद्यप्रति उनको भनाइ थियो, ‘मेरो गुरु भनेर चिनिनुभएका किरण द्वन्द्वात्मक भौतिकवादको कुरा गर्नुहुन्छ, द्वन्द्वात्मक भौतिकवाद धेरैले लेखे, पढे । जनताबाट भाग्ने र घरमा बसेर क्रान्ति भएर हुँदैन ।’

दाहालले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको सुनाए । जनवादी क्रान्तिको नारा धेरै लगाएको उल्लेख गर्दै दाहालले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए । ‘हामीलाई अझ धेरै जनता, धेरै कार्यकर्ता चाहिएको छ, सबै कम्युनिष्टलाई एक ठाउँमा ल्याउने भूमिका पूरा गर्नुपर्नेछ । त्यसो नगरी समाजवाद जिन्दावाद भन्नुको अर्थ छैन,’ उनको भनाइ थियो । दाहालले ‘प्रचण्डले धोका दिए भन्नेहरुका लागि आजकै दिन पार्टी एकताको निर्णय भयो भने आफू खुसी हुने बताए ।

 

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्