Logo
९ मंसिर २०८१, आईतबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई र पहाडमाभन्दा हिमाली क्षेत्रमा अत्यधिक मूल्य वृद्धि

काठमाडौ : चालु आर्थिक वर्षको छ महीनामा हिमाली क्षेत्रमा अत्यधिक मात्रामा मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सोमवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार हिमाली क्षेत्रमा ५ दशमलव ५ प्रतिशतले उपभोक्ता मुद्रास्फीति भएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षाअवधिमा उपभोक्ता मुद्रास्फीति तराई र पहाड दुवैमा समान ४ दशमलव ४ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलव ९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ४ दशमलव २, तराईमा २ दशमलव ८, पहाडमा ५ दशमलव ७ र काठमाडौं उपत्यकामा १ दशमलव ९ प्रतिशत थियो । समीक्षाअवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर २ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति १ दशमलव ८ प्रतिशत थियो ।

समीक्षाअवधिमा थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकाङ्क एक प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकाङ्क ४ दशमलव ७ प्रतिशत तथा आयातीत वस्तुको मूल्य सूचकाङ्क २ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षक सोही अवधिमा कृषिजन्य वस्तुको मूल्य सूचकाङ्क दुई प्रतिशत र स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकाङ्क ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको तथा आयातीत वस्तुको मूल्य सूचकाङ्क शून्य दशमलव ८ प्रतिशतले घटेको थियो ।

सो अवधिमा खाद्य मुद्रास्फीति २ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलव ७ प्रतिशतले ऋणात्मक थियो । गत वर्षको तुलनामा यस समूहअन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, घ्यू तथा तेल, खाद्य तथा खाद्यजन्य पदार्थ, मासु तथा माछालगायत वस्तुको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको प्रतिवेदनमा उल्लेख छ । रासस

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्