Logo
३१ भाद्र २०८१, सोमबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीको शम्भुनाथ मन्दिरमा भक्तजनको भीड

सप्तरी : हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा जिल्लाका शिवालयमा मंगलबार बिहानैदेखि हिन्दूधर्मालम्बीको भीड लागेको छ । शम्भुनाथ नगरपालिकास्थित ऐतिहासिक एवं पुरातात्विक महत्वको शम्भुनाथ महादेव मन्दिरमा पनि बिहानैदेखि पूजार्चनाका लागि भीड लागेको छ ।

बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुरो, मिष्ठान्न तथा फलफूलसहित रंगीचंगी लुगा लगाई महिला, पुरुष, बालबालिका र वृद्धवृद्धा शम्भुनाथ मन्दिरमा दर्शनका लागि लामबद्ध छन् । विभिन्न ध्वजापताकाले सिँगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत शहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी बिहानै सहभागी भएका छन् ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्