Logo
२३ पुस २०८१, मंगलबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको नेतृत्व आलापालो गर्ने ओली–प्रचण्डवीच सहमति

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्नेगरि सहमति गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमवार बिहान भएको ‘वान टु वान’ वार्तामा सरकारको नेतृत्व ओली र प्रचण्डले आलोपालो गर्नेगरि सहमति गरेको विशेष सूत्रले जानकारी दिएको छ ।

स्रोतका अनुसार सरकारको नेतृत्व ओलीले गर्ने र त्यसपछि प्रचण्डले गर्नेगरि सहमति भएको हो । ललितपुरको एक घरमा भएको वार्ता बिहान १० बजेदेखि ३ घण्टासमम्म चलेको थियो । वार्ता सकारात्मक भएको प्रचण्डको सचिवालयले जनाएको छ । वार्ता राजनीतिक परिस्थिति र पार्टी एकताबारे भएको थियो ।

सोमवारको वार्ता पार्टी एकता प्रक्रियालाई टुङगोमा पुर्याउने बिषयमा सकारात्मक रहेको बताइएको छ । एमालेका केही नेताहरुले पार्टी एकतापछि बन्ने नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नै बन्ने बताउँदै आएका थिए । आलोपालो सरकारको नेतृत्वमा सहमति भएपछि यो वीचमा एकतको लागि प्रयास गर्ने नभए पनि गठबन्धन कायम गर्दै अघि बढ्ने पनि ओली र प्रचण्डवीच सहमति भएको हो ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्