अख्तियारबाट बस्न्यातको बिदाई, राजनारायण पाठक प्रमुख आयुक्त बन्दै
काठमाडौं : उमेरहदका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात सेवा निवृत्त भएका छन् । फागुन १ गते सार्वजनिक बिदा परेपछि बस्न्यात सोमबार नै अख्तियारबाट बिदाइ भएका हुन् । संविधानले अख्तियार प्रमुखका लागि ६५ वर्षको उमेर हद तोकेको छ । २०७१ फागुन १५ गते अख्तियारको आयुक्तमा सिफारिस भएका बस्न्यातले २०७४ पुसमा तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समालेका थिए ।
सर्वोच्च अदालतले कार्कीको नियुक्ति नै बदर गरे पछि सरकार उनलाई प्रमुख आयुक्तमा नियुक्त गरेको थियो । उनले गत जेठ ८ गतेबाट प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । बस्न्यातको अवकाशपछि राजनारायण पाठक वा नवीनकुमार घिमिरेले कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समाल्ने बुझिएको छ । पुर्व महान्याधिवक्ता पाठक र पूर्व सचिव घिमिरे पनि २०७१ फागुन १५ देखि नै अख्तियारको आयुक्त छन् । पाठक कानूनी ब्यागराउण्डका भएकाले उनले नै कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी समहाल्ने बताइएको छ ।