Logo
३ आश्विन २०८१, बिहीबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका सन्तोष यादवलाई भारतमा विशिष्ट सम्मान

काठमाडौ : अपाङ्गताको क्षेत्रमा विशिष्ट काम गरे वापत भारतको इलाहावादमा नेपालका सन्तोष यादवलाई विशिष्ट सम्मान गरिएको छ । यादव सर्लाही जिल्ला स्थाई घर भै विगत १० वर्षदेखि समाजसेवा तथा मानव सेवा क्षेत्रमा कृयाशिल छन् । अपाङ्गता भएका वालवालिकालाई शिक्षा स्वास्थ्य पुनस्र्थापना वृद्ध वृद्धालाई सेवा पिछडीएका अपाङ्ग दलित महिला, मधेशी, शहरमा भएका गरिवलाई सिपमूलक तालिम दिई स्वरोजगार बनाउँदै काठमाण्डौ तिलगंगा –९, स्थित “अपाङ्ग, अनाथ बाल सचेतना नेपाल” नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष यादवलाई भारतमा विशिष्ट सम्मान गरिएको हो ।

इलाहावादमा आयोजित विशेष समारोह विच ‘अपाङ्गता स्वाभिमान’ अर्थात विकलाङ्ग जनस्वाभिमान सम्मान २०१८ दिइएको हो । सो सम्मान कार्यक्रममा भारतिय सांसद, उच्च सरकारी अधिकारी, इलाहावाद जिल्लाका प्रमुख जिल्ला अधिकारी, पत्रकार, तथा विभिन्न देशका समाजसेवी सामाजिक अगुवा राजनीतिक दलका नेताहरुको उपस्थिती थियो ।

२०३४ साल कार्तिक २२ गतेका दिन वुबा रामप्रित यादव आमा सकुन्तला देवी यादवको कोखबाट किसनपुर –५ सर्लाही जिल्लास्थित गरिव परिवारमा जन्मिनु भएका यादवको ३ वर्षको उमेरमा पोलियो रोगको कारण दुवै खुट्टा नचल्ने अवस्था भयो । त्यसपछि काठमाण्डौ जोरपाटी अपाङ्ग अस्पतालमा उपचार गरी केही ठिक भए पनि पूर्ण रुपमा ठिक नभएको कारण उहाँको जीवन दुःखमा नै वितिरहेको र उहाँले गलैंचा कारखानामा काम गर्दै अध्ययन गर्दै गर्दा जर्मनी दुतावासको एक कर्मचारी अनिता शेर्पाको सहयोगमा बुद्ध एकेडेमी जोरपाटीमा भर्ना कक्षा १० सम्म अध्ययण गर्नुभएको छ ।

उहाँ अहिले अपाङ्गता भएका त्यसमा पनि सुस्त मनस्थितिका १० जना वालवालिकालाई शिक्षा दिक्षा दिइँदै आउनु भएको छ । भने ३५ जना लाई वाल वालिका नियमित सरकारी विद्यालयमा अध्ययन गर्ने गरिवका छोराछोरीलाई नियमित छात्रवृति दिइरहनु भएको छ । उहाँले धनले मात्र होइन हृदयदेखि समाजसेवा गरेको कारण आफूले यो सम्मान प्राप्त गरेको बताउनुभयो । ‘आजभोलि राम्रो कार्य गर्न खोज्दा खुट्टा काट्ने धेरै सहयोगको नाममा स्वार्थ पुर्ति गर्न आउने धेरै अपाङ्गलाई देखाएर सपाङ्गले आफ्नो पेट भर्ने जस्ता कार्य गर्नेगरेका छन्’ उहाँले भन्नुभयो समाज परिवर्तन गर्नु छ भने म आफैंबाट सुरु गनर्नुपर्ने सिद्धान्त सहित यसै कार्यमा म सक्रिय छु ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्