Logo
३१ भाद्र २०८१, सोमबार
(February 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिमा शिवरात्री मेलाको तयारी पूरा

काठमाडौं : शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार लाग्ने मेलाको तयारी पूरा भएकोले एकदेखि डेढ घण्टामा पशुपतिको दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

यसपटकदेखि पैसा तिरेपछि लाइन नलागि दर्शन गर्न पाइने व्यवस्था हटाएको छ । दर्शन गर्न जाने भक्तजनका लागि चारवटै ढोका खोलिनेछ । कोषका अनुसार बत्तीसपुतली–गौशाला र कोटेश्वर एयरपोर्ट तर्फबाट आउने दर्शनार्थीका लागि पिङ्गलास्थान –चार शिवालय –पन्चदेवल हुँदै दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको छ ।

गुहेश्वरीतिरबाट आउने दर्शनार्थीका लागि गौरीघाट –उमाकुण्ड –दक्षिणामूर्ति – रुद्रगाडेश्वर –बासुकीनाथ हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । यस्तै चावहिल तर्फबाट आउनेका लागि सिफल– जयवागेश्वरी –मित्रपार्क, जयवागेश्वरी हुदै भुवनेश्वरीस्थित फलामको ढोकाबाट प्रवेश गरी पश्चिम ढोकासँगै प्रहरी प्रहरा गणबाट मन्दिर प्रवेश गर्न व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति: Feb 12, 2018

प्रतिक्रिया दिनुहोस्