पार्टी एकताबारे अन्तिम टुंगो लगाउन ओली र प्रचण्डबीच छलफल
काठमाडौं : पार्टी एकताको विषयलाई अन्तिम टुंगो लगाउने प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा जुटेका छन् । एमाले-माओवादीबीच एकता प्रक्रिया चलिरहे पनि यसले मूर्तरुप लिन सकेको छैन । दुवै पार्टीलाई एकता टुंग्याउन दबाव परिरहेको छ ।
यहीबीच दुवै पार्टीका अध्यक्षबीच सोमबार ललितपुरस्थित एक व्यक्तिको निवासमा भेटवार्ता भएको हो । नेताहरुले पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउने दावी गरे पनि छलफलबाट प्रगति भएको देखिँदैन । एमाले अध्यक्ष ओलीसँगको छलफलपछि सोमबार नै माओवादीको केन्द्रीय कार्यालय बैठक बस्दैछ ।