Logo
९ मंसिर २०८१, आईतबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायित्वका लागि राजनीतिक दलबीच एकता आवश्यक : प्रचण्ड

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, स्थायित्व र विकासका लागि राजनीतिक दलबीच एकता जरुरी भएको बताउनु भएको छ । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) द्वारा आज यहाँ आयोजित संयुक्त लोछार कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनताको अपेक्षा र इतिहासको आवश्यकताअनुसार समृद्धिका लागि दलीय एकता आवश्यक छ । अन्य विषयमा आ–आफ्ना मुद्दा हुन सक्छन्, समृद्धिका लागि भने सबै नेपालीको ऐक्यबद्धता आवश्यक छ ।”

अध्यक्ष दाहालले मुलुकको समग्र पर्यटन प्रवद्र्धनका लागि समयसापेक्ष नीतिगत सुधार र पूर्वाधार विकासमा आगामी सरकारले विशेष प्राथमिकता दिने विश्वास दिलाउनुभयो । टानका अध्यक्ष नवराज दाहालले पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले पर्यटन पूर्वाधार विकासमा जोड दिँदै गुणस्तरीय सेवाका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्