गाउँपालिका भएसँगै हरिनगरमा चहलपहल बढ्यो, हाटबजार अव्यवस्थित
सुनसरी, भुटाहा : गाउँपालिका भएसँगै यहाँ चहलपहल बढेको छ तर हरिनगर गाउँपालिका सडक क्षेत्रमा लाग्ने हटिया व्यवस्थापन हुन सकेको छैन। सडकमा सवारीसाधनको चापसमेत बढ्न थालेको छ । हरेक दिन गाउँपालिका कुनै न कुनै स्थानमा हटिया लाग्ने गरेको छ । हटियामा खासगरी तरकारी, अन्न, हाँस–कुखुरा, माछाजस्ता बस्तु किनबेच हुने गरेको छ । मूल सडकदेखि सहायक सडकहरूमा लाग्ने हटियाले ट्राफिकजामको समस्या पनि बढेको छ ।
सडकमै लाग्दै आएको हटियाले गाउँपालिकनको भुटाहा र हरिनगरा बस्तीलाई पनि असर गरेको छ। गाउँपालिकासँग जग्गा अभाव र हटियाहरूमा निम्नवर्गका सर्वसाधारणले साना व्यबसाय गरेर आयआर्जन गर्ने गरेकाले व्यबस्थापनमा चुनौति देखिएको हो। गाउँपालिकामा मानव बस्तीको बिस्तारसँगै हटियाहरू लाग्दैआएकाले हटाउन चुनौति देखिएको छ। गाउँपालिकास्थित मूल तरकारी बजार ‘गुदरी हटिया’ वर्षौंदेखि सडकसमेत ओगटेर लाग्दैआएको छ। स्थानीय शमसाद अन्सारीले सडकमै लाग्ने गरेको हटियाले आउजाउगर्नसमस्या भइरहेको बताए छ ।
गुदरी हटियाबाट गाउँपालिकाले वार्षिक ३ लाख १५ हजार राजश्व संकलन गरेको छ।उक्त हटियाबाट १ लाख एक हजार र निकासीबाट २ लाख ५० हजार राजश्व संकलन गरेको छ। हटियामा भिरभार हुदाँ आवागमनमा समस्या भएको गुनासो बढेपछि निर्माणधीन एकीकृततरकारीतथा फलफूल बजारमासार्ने तयारी गरिएको गाउँपालिका प्रमुख गफार अन्सारीले बताए। उनले हाल गुदरी हटिया भएको ठाउँमा व्याबसायिक बस, अटाे, सिटी सफारी र मेजिक स्टेनबनाएर चार चक्का र तीन चक्का गाडीहरुलाई स्टेन भएर जान लगाउने र प्रत्येक गाडीहरुबालासंग दैनिक रु दश रुपैयाँ लिने र साईकल , माेटरसाईकल १ साईड राखने उधयाेग वाणिज्यसंघ भुटाहाका अध्यक्ष अनुरुद प्रसाद गुप्ताले बताए ।
भुटाहाको आय स्रोतमावृद्धि हुने गरी काम गर्ने तयारी भइरहेको बताए । यस्तै, भुटाहा वडा १ को शनिबारे, मंगलबारे हरिनगरा वडा ४ को शुक्रबारे र सोमबारे हटिया पनि सडकमा नै लाग्दै आएको छ। यी हटियाबाट गाउँपालिकाले वार्षिक राजश्वसमेत असुल्दै आएको छ। चालु आर्थिक बर्षमा टेण्डरप्रक्रियामा स्थानीय फिराेज सिद्दिकीलाई १ लाख १ हजारमा गाउँपालिकाले भुटाहा र हरिनगरा हटियाठेक्का दिएको छ।यस्तै टेण्डरप्रक्रियामा स्थानीय जियाउद्दिन अन्सारीलाई २ लाख ५० हजारमा गाउँपालिकाले भुटाहा, गाैतमपुर,हरिनगरा,वसन्तपुर र घुस्की निकासीठेक्का दिएको छ। हरिनगर गाउँपालिका वडा नम्बर १ र वडा नम्बर ४ काे कार्यालयअघिको मूल सडकमा नै शुक्रबार ,शनिबार , साेमबार र मंगलबार हटिया गुदरी लाग्दै आएकाले ट्राफिक जामको समस्या झ्ल्न बाध्य रहेको स्थानीयबताउँछन् ।
नेपाल प्रहरी चाैकी भुटाहा कार्यालय प्रमुख देव कुमार यादवले मूल सडकहरूमै लाग्ने गरेकोहटियाले ट्राफिक व्यवस्थापनलाई निकै प्रभावित पारेको बताए। सडकमा जुनदिन हटिया लाग्छ त्यो दिन त्यो सडकबाट सवारीसाधन चलाउनै नसकिने हुन्छ,’उनले भने, ‘ठूला सवारी चालकहरूले त्यही सडक प्रयोग गरदा झन् समस्या हुन्छ र सानासवारी र मोटरसाइकलहरू हटिया भएकै सडकबाट आउजाउ गर्दा दुर्घटनाको जोखिमहुन्छ । गाउँपालिकालाई सडकहरूमा लाग्दै गरेको हटिया ट्राफिक व्यबस्थापनमा समस्या भएकोले सडकबाट हटाउन पटक–पटक आग्रह गर्दै आएको उनले बताए ।
नगरपालिकाका ढाचामा गाउँपालिका भएसँगै सवारीसाधनको चाप वृद्धि भएकाले ट्राफिक व्यबस्थापनमानिकै समस्या छ,’ उनले भने, भुटाहा र हरिनगरा स्थापना भएदेखि सडकमा हटिया लाग्दैआएको छ। तर अब गाउँपालिका भइसकेकाले सडकको हटियाव्यबस्थापनको बिकल्प छैन त्यो कुरो गाउँपालिकाले बुझ्नु जरुरी छ।’सडक सफा हरियाली र अबरोध मुक्त हुनुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँगप्रयत्न गरिरहेको उनको भनाइ छ। गाउँपालिका प्रमुखले सडकबाट हटिया व्यबस्थापनआवश्यक भइसकेको छ तर हामीसँग अर्को विकल्प तत्काल नभएको अवस्था रहेको बताए।
हटियामा यहाँका निम्न वर्गका व्यक्तिहरूले साना व्यवसाय गरेर आयआर्जनगरिरहेकोले पनि तत्कालै यसलाई बन्द पनि गर्न नसकिने अवस्था रहेको उनलेबताए।गाउँपालिका प्रमुख गफार अन्सारीले हरिनगर अस्थायी गाउँपालिका भएसँगै सवारी अवागमनमावृद्धि भइसकेकोले सडकमा लाग्दै आएको हटिया व्यवस्थापनको विकल्प नभएकोस्विकारे। वडाका जनप्रतिनिधिहरूको भेला बोलाएर अब चाँडै सडकमा लाग्दैआएका हटियाहरूको व्यवस्थापनका लागि ठोस नीति बनाएर अगाडी बढछौं,’ उनलेभने, ‘बैठकले बनाएको नीति तत्काल कार्यान्वयन हुन्छ।’