भैरहवामा कैलाश बैङ्कको शाखा सञ्चालनमा
रूपन्देही : शुक्रवारदेखि रूपन्देहीको भैरहवामा कैलाश विकास बैङ्कको शाखा सञ्चालन गरेको छ । बैङ्क सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले एक समारोहबीच उक्त शाखाको उद्घाटन गरेका छन् ।
देशका सबै स्थानीय तहमा वित्तीय संस्था खोल्ने नेपाल राष्ट्र बैङ्कको नीतिअनुरूप बैङ्कले हालै सुनसरीको इटहरीमा समेत शाखा सञ्चालन गरेको थियो । उक्त शाखाबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका आधुनिक बैङ्किङ सुविधा उपलब्ध हुने बैङ्कले जानकारी दिए।
देशका विभिन्न भागमा ४३ शाखा तथा २२ एटीएम काउण्टरमार्फत बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।