Logo
३० कार्तिक २०८१, शुक्रबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोठमा पराल हाल्न गएकी ११ वर्षीया सिरहाकी एक बालिका बलात्कृत

लहान : सिरहा नगरपालिकाकी एक बालिका बलात्कृत भएकी छन् । घर नजिकै रहेको गोठमा वस्तुभाउलाई पराल हाल्न गएकी ११ वर्षीया बालिकालाई स्थानीय २४ वर्षीय सुरेश ठाकुरले बिहीबार साँझ मुख थुनेर बलात्कार गरेका हुन् ।  बलात्कारपछि अत्यधिक रक्तश्राव हुँदा बालिकालाई उपचारका लागि लहानस्थित अस्पतालमा भर्ना गरिएको छ ।घटनालाई स्थानीयस्तरमै मिलापत्र गर्ने प्रयास भए पनि बालिकाको रक्तश्राव नरोकिएपछि घटना तीन दिनपछि  सार्वजनिक भएको हो । उपचारमा रहेकी बालिकाको कुरुवा बसेका आफन्तले भने, “बोल्नसमेत अप्ठ्यारो छ, चिकित्कसकले पनि नबोल्न भनेका छन् ।” पीडित परिवारका अनुसार आरोपी युवकले मदिरा सेवन गरेर बलात्कार गरेका हुन् ।

आरोपी ठाकुर फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । फरार अभियुक्त ठाकुरविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो । घटनाको सूचना पाएलगत्तै आरोपी ठाकुरलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ भने अभियुक्तलाई भगाएको आंशकामा बाबु र दाजुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको उहाँले बताउनुभयो ।

अपहरित बालक सकुशल मुक्त
अपहरणमा परेको चार घण्टाभित्रै सिरहा प्रहरीले एक बालकलाई सकुशल मुक्त गराउन सफल भएको छ भने अपहरणमा संलग्न भएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । आज दिउँसो ३ः३० बजेतिर अपहरणमा परेका सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १४ वर्षीय आशिषराय कुर्मीलाई आज साँझ ७ः३० बजेतिर प्रहरीले धनुषाको जनकपुर उपमहानगरपालिका २४ बाट मुक्त गराउन सफल भएको हो ।

बालकलाई अपहरण मुक्त गराउने क्रममा अपहरणमा संलग्न रहेको आरोपमा जनकपुर उपमहानगरपालिका–२४ निवासी मनोज महतो लौनियाँलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो । बालकको अपहरण भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनुषा प्रहरीसँग समन्वय गरी बालक कुर्मीलाई सकुशल मुक्त गराउन सफल भएको प्रहरी नायब उपरीक्षक ठकुरीले बताउनुभयो । (रासस)

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्