Logo
३ आश्विन २०८१, बिहीबार
(February 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सानुकुमार श्रेष्ठ ३ नम्बर प्रदेशको सभामुखमा निर्विरोध

हेटौंडा : तीन नम्बर प्रदेशको सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सभामुख चयनका लागि दिउँसो १ बजेसम्म निर्धारण गरेको समयमा श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । उपसभामुखको चुनाव आइतबारलाई तोकिएको छ ।

३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादी केन्द्रले लिने सहमति भएको छ । माओवादीले उपसभामुखमा राधिका तामाङलाई अघि सार्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Feb 10, 2018

प्रतिक्रिया दिनुहोस्