Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताबारेमा कुन नेताले के भन्छ, भन्नेतर्फ लाग्नुहुदैन : प्रचण्ड

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् । उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् । एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताए ।

शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए । केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्‍याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्