Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी कार्यालयहरु न्यायको हत्या गर्ने बधशाला बन्न नहुने : महानिरीक्षक अर्याल

सिन्धुली : प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘प्रहरी कार्यालयहरु न्यायको हत्या गर्ने बधशाला बन्न नहुने’ बताएका छन् । महानिरीक्षक अर्यालले देश संघीय संरचनामा बदलिएकाले प्रहरीका अधिकृत तथा जवानहरु सोही अनुसार रुपान्तरण हुने बताए । उनले संघीयताअनुसार आफूलाई अव्यस्त राख्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशनसमेत दिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नवनिर्मित भवन उद्घाटनमा उनले जनताको विश्वास नै प्रहरीको सम्पति भएकाले संगठनप्रति जनताको विश्वास टुट्न नदिन निर्देशनसमेत दिए । त्यस्तै, प्रहरी महानिरीक्षक अर्यालले प्रहरी संगठनलाई अपराध अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गरी आम नागरिकको नजरमा भरपर्दो विश्वास दिलाउनसमेत आग्रह गरे ।

२७ फागुन २०७० मा खानी निर्माण सेवा काठमाडौँ र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबीच भवन निर्माणको सम्झौता भएको थियो । भवनकाे निर्माणकार्य २ करोड ५८ लाख ८२ हजार ४ सय ७३ रुपैयाँ २१ पैसामा सम्पन्न भएको नेपाल प्रहरीका इन्जिनियर अनिल रानाले जानकारी दिए ।

सुविधा सम्पन्न तीन तले भवनमा प्रहरी उपरीक्षकको क्वाटर बनेको उनले बताए । ०२० सालमा प्रहरी सहायक निरीक्षकको दरबन्दीसहित स्थापना भएको जिप्रका सिन्धुलीले शुक्रवारबाट आफ्नै अत्याधुनिक सुविधासम्पन्न भवन पाएको हाे ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्