Logo
३ आश्विन २०८१, बिहीबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्ने : अर्जुननरसिंह

चितवन : नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताए । उनले भने, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।”

अर्को एक प्रसंगमा उनले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताए । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताए ।

उनले भने, “हाम्रा नीति निर्णयका कुरा पार्टीभित्र यति ठूलो विभाजन र गुटबन्दी छ, त्यो गुटभित्र पनि गुटले सञ्चालन नगरेर पार्टी एउटा गिरोहले सञ्चालन गरेको छ ।”

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्